काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टमा थप ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६३३, भक्तपुरमा ७२ , र ललितपुरमा १०४ थप ८ सय ९ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्ले २४ घन्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
मन्त्रालयका अनुसार ८ सय ८५ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै संक्रमण मुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।
कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाका कारण नेपालमा ४ सय ७७ जनाको मृत्यु भएको छ ।