भारतले लद्दाखमा तैनाथ गर्यो माइनस ४० डिग्री सेल्सियसमा सन्चालन गर्न सकिने ट्यांकहरु

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : ३७


नयाँ दिल्ली । पूर्वी लद्दाखमा चीनसँग ५ महिना देखी जारी तनावका बीच भारतीय सेनाले वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै ट्यांकहरु तैनाथ गरेको छ।

१४ हजार ५०० फिट अग्लो चुमार-डेमचोक क्षेत्रमा ट्यांकहरु तैनाथ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

समाचार संस्था एएनआईका अनुसार भारतले त्यस क्षेत्रमा माइनस ४० डिग्री सेल्सियसको तापक्रममा संचालन गर्न सकिने ट्यांकहरु तैनाथ गरेको छ।

उक्त क्षेत्रमा हिउँदको समयमा राती तापक्रम माइनस ३५ डिग्रीसम्म झर्ने गरेको बताइन्छ।


सीमा विवाद जारी रहेका बेला अहिले दुवै देशले सीमा क्षेत्रमा सैन्य उपकरण र जनशक्ती बढाइरहेका छन्।

दुवै देश यतिबेला धमाधम जाडो यामका लागि आफ्ना सेना तयार गरिरहेको बताइएको छ।

दुवै देशले जाडोभर चाहिने खाद्यान्न, गोली गठ्ठा लगायतका आवश्यक सामग्री सीमा क्षेत्रमा पठाइरहेको अन्तर्राष्ट्रय संचारमाध्यमले जनाएका छन्।

भारतीय सैन्य अधिकारीहरुले पनि जाडोका लागि भारतीय सेना सिमानामा तयार भइसकेको बताएका छन्।


यो पनि पढ्नुहोस

चिनियाँँ सरकारी मिडियालाई सीमामा भारतीय सेनाले गोली चलाउने डर!

 


प्रतिक्रिया दिनुहोस्