पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


काठमाडौं । पछिल्ले २४ घन्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार ८ सय ८५ जना संक्रमण मुक्त भएका छन् ।

यससँगै संक्रमण मुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाका कारण नेपालमा ४ सय ७७ जनाको मृत्यु भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्