सामरी खोलाले बगाउँदा श्रीमान श्रीमतीको मृत्यु

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


मकवानपुर । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो ।

मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पु¥याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको थियो । केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।


प्रतिक्रिया दिनुहोस्