ड्रग्स प्रकरणमा पक्राउ परेपछि धर्मा प्रोडक्सनका क्षितिजले भने : फसाइँदै छ

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


केही दिनयता भारतीय फिल्म उद्योगमा ड्रग्स प्रकरण चर्किएको छ ।

सुशान्तसिंह राजूत मृत्यु प्रकरणपछि अनुसन्धान जारी रहँदा ड्रग्स प्रकरण बाहहिर आएको छ र कयौं चर्चित कलाकारहरुलाई अनुसान्धान र बयानका लागि बोलाइएपछि भारतमा मात्र नभएर विश्वमा नै यसको चर्चा जारी रहेको छ ।

यसैबीच शनिवार पक्राउ परेका धर्मा प्रोडक्सनका असिस्टेन्ट डाइरेक्टर क्षितिज प्रसादले आफूलाई बिना कारण ड्रग्स प्रकरणमा फसाउन लागिएको बताएका छन् ।

उनले आफूसँग ड्रग्सको कुनै सम्बन्ध नभएको समेत बताएका छन् ।

आइतवार मेडिकल जाँचका लागि जाँदै गर्दा टाइम्स नाउसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आजै भिडियो कन्फ्रेसिंगमार्फत अदालतमा आफ्नो बयान दिनेछन् ।


प्रतिक्रिया दिनुहोस्