काठमाडैं । विभिन्न युट्युव च्यानलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग निकालिन्छ भन्दै भ्रामक अभिव्यक्ति दिएपछि पक्राउ परेका व्यक्ति धरौटीमा छुटेका छन्।
आइतबार ५ हजार रुपैयाँ धरौटी लिएर उनलाई छाडिएको ललितपुर प्रहरीले जनाएको छ।
लिम्बुले प्रहरीसँगको बयानमा नेपालको सन्दर्भमा त्यस्तो नभनेको बताएका छन्।
आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु २२ भदौ २२ गते पक्राउ परेका थिए।
विभिन्न युट्युव च्यानलमा उनले कोरोनाबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाएका थिए।
उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुँदा गोप्य रुपमा अंग झिक्न त्यसो गरिएको दाबी गरेका थिए।
प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका थिए।
महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई नियन्त्रणमा लिएको थियो।
ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरेको थियो।