डा.केसीका माग पूरा गरि जीवन जोगाउन ३३ नागरिकको अपील

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ३४


काठमाडौं । १९ औं अनसन जारी राखेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको जिवनरक्षा गर्न विभिन्न ३३ नागरिकले सरकारसँग अपील गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसीले १९ औं अनसन थालेको आज १४ दिन हुँदा समेत सरकारले कुनै वास्ता गरेको छैन।

पटकपटकको अनसनका कारण डा केसीको रोगप्रतिरोधात्मक क्षमता कमजोर बन्नुका साथै स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको छ।

कोरोना महामारीका बीच संक्रमणबाट बचाउन समेत विभिन्न नागरिकले संयुक्त अपील गरेका हुन।

पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्