नार्कको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारी नियुक्त

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ०४


काठमाडौं । सरकारले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ।

आज दिउसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भण्डारीलाई कार्यकारी दिर्नेशकमा नियुक्त गरेको हो।

केही महिनादेखि निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत् भण्डारीलाई नै निर्देशकमा नियुक्त गरिएको हो ।

६ महिनाअघि डाक्टर भण्डारीलाई कायममुकायम मुकरर गरिएको थियो। ६ महिनाभन्दा बढी कामु बस्‍न नमिल्ने भएकाले निमित्त बनाइएको थियो ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ।

बैठकले इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार दिएको छ।


प्रतिक्रिया दिनुहोस्