साढे १० किलो अफिमसहित पोखराबाट ३ जना पक्राउ

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  २ : ४६


काठमाडौं । अवैध लागू औषध अफिमसहित कास्कीको पोखराबाट ३ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो काठमाडौं र पोखरा शाखाबाट खटिएको टोलीले पोखरा महानगरपालिका–६ स्कूलमार्फतबाट १० किलो ५ सय ग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी रुकुम जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँका ४० वर्षीय चक्करबहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ घर भएका २४ वर्षीय रबि गुरुङ छन् ।

लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी)का अनुसार पक्राउ परेका गज पुन लामो समयदेखि पूर्वी रुकुम तथा पश्चिम रुकुम लगायतका जिल्लाहरुमा अफिमको कारोबारमा सक्रिय रहेका खुलेको छ ।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्