भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  २ : २८


काठमाडौं । नेपाल सेनाका प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति निवासको भान्सामा कार्यरत १ सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि सेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मादण्डअनुसार प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्