भारत । भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ ।
लामो समयदेखि बिरामी भाजपाका संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह लामो समय कोमामा थिए ।
राजस्थान बाडमेरका जसवन्त सिंहले भारतको विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै उनको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
मोदीले ट्विटरमा लेखेका छन्, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकका रूपमा र पछि राजनीतिसँग जोडिएर। अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामु बलियो छाप छाडे। उनको निधनले दुःखी छु।’