एनसीबीले गर्याे दीपिका, सारा र श्रद्धाको मोबाइल फोन जफत

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडाैं । बलिउड अभिनेता सुशान्तसिंह राजसतको आत्महत्या प्रकरणमा छानबीन गरिरहेको एनसीबीले बलिउडमा मौलाउँदै गरेको ड्रग्स केसलाई पनि छानबिन गरिरहेकाे छ ।

यसैक्रममा नाम जोडिएको अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग शनिबार लामो समयसम्म सोधपुछ गरेको छ ।

सोधपुछपश्चात शनिबार एनसीबीले तीनैजना अभिनेत्रीको मोबाइल फोन जफत गरेको छ ।

उनीहरुका साथै एनसीबीले फेसन डिजाइनर सिमाने खंबाटा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको पनि फोन कब्जामा लिएको छ ।

एनसीबीले कब्जामा लिएको सबै फोनका डाटा रिकभर गरिनेछ ।

एनसीबीले दीपिकासँग साढे ५ घण्टा सोधपुछ गरेको थियो ।

सोधपुछमा दीपिकाले २०१७ को अक्टोबरमा आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग च्याट गरेको स्विकारेकी छिन्, य साथै सारा र श्रद्धाले भने ड्रग्स खाने नगरेको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्