आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ३९


काठमाडाैं । आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने भएकाे छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गरेको हाे।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल ३० लाख कित्ता आईपीओ निष्काशन गरेको जनाएकाे छ ।

नेपाल धितोपत्र बोर्डले लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीको आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले पाउनेछन् । कम्पनीको आइपीओ बिक्रीका लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल छ।

कम्पनीले निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।


प्रतिक्रिया दिनुहोस्