‘ड्रग्स च्याट’ दीपिकाले स्विकारिन, सारा–श्रद्धाले गरे ड्रग्स सेवन नगरेको दाबी

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडाैं । बलिउड सुशान्त सिंह राजपूतको मृत्युप्रकरणमा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार एनसीबीले दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ गरेको छ ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गरेको थियो ।

एनसीबीले दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गर्दा दुबैले सन् २०१७ मा अक्टोबरमा ठ्रग्स च्याटको कुरा स्विकार त गरे तर दुबैले सिधा जवाफ नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

तर सारा र श्रद्धाले भने ड्रग्स सेवन गर्ने नगरेको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्