निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् असोज ११ गते देखी १७ गतेसम्मको साप्ताहिक राशिफल

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


मेष – पदवृृद्धिको योग बन्ने एवम काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । सामान्य चोटपटकको भय एवम् दाजुभाइको स्वास्थ्यमा समस्या आउन सक्नेछ । सरकारी कामबाट फाइदा एवं ठूलाबडाको आशीर्वाद मिल्नेछ । राजनीतिक क्षेत्रमा थप अवसर मिल्नेछ ।

वृष – देब्रे अंगमा पीडा एवम् नाक, कान, घाँटीको समस्या हुनेछ । बोलीको कारणले प्रेममा बाधा एवम् खर्च बढ्नेछ । धार्मिक एवम् सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम् वैदेशिक कामबाट फाइदा मिल्नेछ ।

मिथुन – अपजसको भय एवम् मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवम् यात्राको सुख मिल्नेछ । वैदेशिक कारोबारमा फाइदा मिल्ने टाढाका आफन्तबाट धनको सहयोग मिल्नेछ । शिर दर्द एवम् शारीरिक थकान बढ्नेछ । दाजुभाइबाट सहयोग एवम् माटोबाट लाभ मिल्नेछ । सासाझेदारीलगानी एवं सक्झौतामा धोका हुन सक्नेछ । स्वास्थ्यमा बाधा एवम् काममा रोकावट हुनेछ ।

कर्कट – वैवाहिक कुराले चर्चा पाउने एवम् पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम् गुप्त शत्रुको बाधा हुनेछ । खर्च बढ्ने एवम् गोडा, घुँडाको समस्या देखिन्छ । राजनीतिबाट भने फाइदा मिल्ने एवम् व्यावसायिक यात्रा हुनेछ । जिम्मेबारी बढ्नाले व्यक्तिगत काममा अवरोध हुनेछ । प्रेममा प्रगति हुनेछ ।

सिंह – सवारी साधन र भोग विलासितामा धन बढी जानेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम् स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम् नयाँ व्यवसायमा लगानी बढ्नेछ । प्रेममा प्रगति एवम् जीवनसाथीबाट पारिवारिक सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्ने एवम् प्राविधिक क्षेत्रमा गरेको लगानीमा फाइदा मिल्नेछ । नयाँ काममा लगानी हुनेछ । साथीभाइसँग रमाइलोमा खर्च बढी हुनेछ ।

कन्या – स्वास्थ्यमा सुधार हुने एवम् काममा प्रगति मिल्नेछ । मध्यमा भने बोली बचनको कारणले पारिवारिक तिक्तता बढ्नेछ । पेट सम्बन्धी समस्या बढ्नेछ अनावस्यक झैझगडामा फसिने हुनाले अरुको मामलामा नजानु राम्रो हुनेछ । मातृपक्षको स्वास्थ्यमा समस्या आउने एवम् सवारी साधनले धोका दिन सक्नेछ । कला संगीत एवं विद्याध्ययनमा प्रगति एवम् वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ ।

तुला – पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन् । दाम्पत्य जीवनमा सामान्य वादविवाद, पितृपक्षको स्वास्थ्यमा बाधा एवम् खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । व्यवहारिक चिन्ताले सताउनेछ । मित्रतामा समस्या आउनाले काममा जोसजागर घट्नेछ । घरायसी झमेला आउनेछ । स्वास्थ्यमा सुधार हुने एवम् वैदेशिक सहायता मिल्नेछ ।

वृश्चिक – मित्रता टुट्ने एवम् स्त्री पक्षसँग वैरभाव रहनेछ । बाेलीले शत्रुता बढ्नाले साथीभाइमा बैमनस्यता आउनेछ । प्रेममा सामान्य भनाभन, भोजनको गडबडीले स्वास्थ्य बाधा हुनेछ । आफन्तको धनको सहयोगले व्यवसायमा लगानी बढ्नेछ । साताको अन्त्यमा भने व्यापार फस्टाउने, सन्तानको प्रगति एवम कला, संगीतमा रुचि एवम् प्रगति बढ्नेछ । नयाँ काममा जिम्मेवारी थपिनेछ । छोटो यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम् कृषिबाट फाइदा मिल्नेछ ।

धनु – शिरदर्द एवम आँखाको समस्या बल्झिनेछ । उत्पादन मुलक क्षेत्रमा पुरानो व्यवसायमा प्रगति हुनेछ । पुरानो ऋणको भार कम हुनेछ । बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम् आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति प्रेममा भनाभन एवम् पारिवारिक विवाद निम्तिनेछ । सन्तानको स्वास्थ्यमा बाधा एवम् चिसोको समस्याले खर्च बढ्नेछ ।

मकर- नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवम् रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम् नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली बचनको प्रभावले ठूलाबडासँग सम्बन्ध बढ्नेछ । बाहनबाट सामान्य क्षति एवम् सन्तानको चिन्ता बढ्नेछ । ऋणको भार बढ्नाले व्यवसायमा कठिनाइ हुनेछ । सवारी साधनले सामान्य चोटपटकको योग देखिन्छ । विनाकारण निउ खोज्नेहरु भेटिनेछन् । खुशीको खबर आउनेछ । वैदेशिक काममा प्रगति एवम् यात्राको काममा खर्च हुनेछ ।

कुम्भ – मातृपक्षको स्वास्थमा बाधा आउने एवम् स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । अध्ययन कमजोर हुन सक्ने एवम् पेटको समस्याले दुःख दिनेछ सन्तानका लागि स्वास्थ्यमा खर्च बढ्न सक्नेछ । छोटो यात्राको अवसर मिल्ने एवम् दाजुभाइबाट भने सहयोग पाइनेछ । टाढाको यात्रामा खर्च हुनेछ । महत्वपूर्ण सामान हराउन सक्ने एवम् परिवारमा आलोचनाको भय हुनेछ । कृषि एवम् तरल पदार्थबाट धन आर्जन हुने एवम् महिलावर्गको सहयोगले व्यवसायमा सहायता मिल्नेछ ।

मीन – माइती मावलीको साथ सहयोगले व्यवसाय अगाडि बढ्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवम् अनावश्यक काममा खर्च बढ्नेछ । बोलीको कारणले शत्रुता बढ्ने, खानपिनको कारणले स्वास्थ्य बाधा हुने एवम् अंशबण्डा एवम् घरायसी सम्पत्तिमा विवाद आउनेछ । सामान्य आम्दानीले साथ दिनेछ । पशुचौपाय तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ । माता स्त्री वर्गबाट धनको सहयोग मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्