बालिकामाथि बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाही गर्न १३ विद्यार्थी संगठनको माग

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ४७


काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले बाझुरामा बलात्कारपछि हत्या गरिएकी बालिकाको हत्यारालाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्।

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामी मृत अवस्थामा भेटिएकी हुन।

बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको हत्या भएको अवस्थामा शव फेला परेको बझाङले जनाएको छ। उनको बलात्कारपछि हत्या भएको बताइएको छ।

प्रहरीका अनुसार बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको हो। उनको कानमा लगाइएका मुन्द्री पनि थिएनन्।

 


प्रतिक्रिया दिनुहोस्