उपत्यकामा थपिए ७२४ संक्रमित, कुन जिल्लामा कति? (सूची)

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ३९


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौमा ५८३ जना, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा १ हजार १४७ जना कोरोनामुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

मन्त्रालयका अनुसार होमआइसोलेशनमा १० हजार ५०८ रहेका छन्। आईसीयूमा २२४ जनाको उपचार भइरहेको छ।

यसैगरी भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ।

कुन जिल्लामा कति थपिए?

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १, झापामा ७, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमित थपिएका छन।

धुनषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा १, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १७, चितवनमा १२, दोलखामा १, धादिङमा ७, नुवाकोटमा २, भक्तपुरमा ६३, मकवानपुरमा १७, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा ३, तनहुँमा ४, नवलपरासी पूर्वमा १, लमजुङमा १, बाग्लुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा ३, प्युठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ७३ र रोल्पामा ६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको सल्यानमा १, सुदूरपश्चिमको अछाममा १३, कञ्चनपुरमा १, डोटीमा १५, दार्चुलामा ५, बझाङमा २ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्