प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ०४


प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।

कोरोनाको आशंकामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।

शाह त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएमम)की डिन समेत हुन। शुक्रबार आएको नतिजामा कोरोना संक्रमण पोजेटिभ पाइएको हो।

आफू पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटार नगएको शाहले बताएकी छन्।

कोरोना भेटिएपछि शाह अहिले होम आइसोलेसनमा बसेकी छिन्। उनमा  ज्वरो आउने, खोकी लाग्ने जस्ता मध्यमखालका लक्षणहरु छन्।


प्रतिक्रिया दिनुहोस्