कंगोमा नेपाली सेनाका अधिकृतबाट सैनिक जवान कुटिए

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : ३६


काठमाडौं । नेपाली सेनाको कंगो मिशनमा खटिएका एक सिपाहीमाथि नेपाली सेनाकै सह सेनानीहरूले कुटपिट गरेका छन्।

शान्ति स्थापनार्थ कंगोमा कार्यरत सिपाही नवराज माझीलाई ३ जना अधिकृत अफिसरले मदिरा सेवन गरि शुक्रबार राती कुटपिट गरि अङ्ग भङ्ग पारेका छन्।

उक्त घटनाबारेको रिपोर्ट जङ्गी अड्डामा पुगिसेको छ। जङ्गी अड्डाले घटनामा संलग्न अधिकृतमाथि छानबिन हुने जनाएको छ।

सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्वायरी सुरु भएको छ।

घटना छानविनको लाथि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

ती सिपाहीलाई मरणासन्न हुने गरि कुट्नेमा सह सेनानी इन्द्र थापा ,सह सेनानी सुभाष हुमागाई ,सह सेनानी योगेन्द्र धिताल संलग्न रहेको आरोप छ।

मदिराको नशामा ती अधिकृतले सिपाहीमाथि कुटपिट गरेको बताइएको छ।

कंगोमा नेपाली सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ।

 


प्रतिक्रिया दिनुहोस्