विज्ञको भिडियो सन्देश-‘जाडोमा कोरोना बढ्छ, माघसम्म अत्यन्तै सतर्क बनौं’

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १ : ३१


काठमाडौं । जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले जाडोमा कोरोना संक्रमण बढ्ने भएकाले सतर्क रहन आग्रह गरेका छन्।

एक भिडियो सन्देश मार्फत जनस्वास्थ्य विज्ञ पाण्डले जाडो मौसममा कोरोना संक्रमण अझ बढ्न सक्ने भएकाले अति सतर्कता अपनाउन सुझाव दिएका हुन।

जाडो महिनामा भाइरस अलि लामो समय बाँच्ने सम्भावना हुने भएकाले आउँदो माघसमम्म यसबाट अति सतर्क रहन सुझाव दिएका हुन्।

नेपालमा अहिलेनै बिरामीलाई आइसियु पाउन गाह्रो रहेको, आइसियु खाली नरहेको, भेन्टिलेटर पाउननै मुस्किल रहेकाले सतकर्ता अपनाउनुपर्ने डा.पाण्डेले बताएका छन्।

सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दैै डा. पाण्डेले दसैं, तिहार, छठजस्ता चाडपर्व पनि आइरहेकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन सल्लाह दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्