युरोपमा फेरि बढ्दै कोरोना भाइरसको प्रकोप

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १२ : १०


विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको असर युरोपमा पुन: देखिन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार केही दिनयता युरोपमा फेरि ठूलो सङ्ख्यामा कोरोनाका संक्रमितहरु देखिने क्रम सुरु भएको छ ।

त्यसले गर्दा पहिलो लहर उत्कर्षमा रहेका बेला लगाइए झैँ देशव्यापी लकडाउन हुनसक्ने चेतावनी दिइएको छ ।

युरोपको अवस्थाबारे ब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायन भन्छन्, ‘समग्रमा उक्त विशाल क्षेत्रमा हामीले यस रोगको चिन्ताजनक वृद्धि देखिरहेका छौँ ।’

उनले युरोपेलीहरूले लकडाउन लगाउने अवस्था छल्नका लागि के पर्याप्त कामहरू गरिएको छ त ? भनेर आफैँलाई प्रश्न गर्न आग्रह गरे।

परीक्षण र सङ्क्रमितको संसर्गमा आएका व्यक्तिको पहिचान, क्वारन्टीन र सामाजिक दूरीको कायम गर्ने जस्ता विकल्पहरू लागु भए नभएको समेत मूल्याङ्कन गर्न डा रायनले आग्रह गरे ।

डब्ल्यूएचओ मुख्यालय जिनिभामा बोल्दै उनले भने, ‘लकडाउन भनेका अन्तिम विकल्प हुन् ।’

अहिलेसम्म अमेरिका, भारत र ब्रजिलमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

यी तीन देशको कुल सङ्क्रमितको सङ्ख्या मात्र डेढ करोडभन्दा माथि छ ।


प्रतिक्रिया दिनुहोस्