इनरुवा । घाँस काट्ने क्रममा लडेर सुनसरीको इनरुवामा १ जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका-९ बस्ने ३५ बर्षीया दुखनीदेबी खत्वेको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो १ बजे खेतमा घाँस काट्ने क्रममा दुखनीदेबी अचानक लडेर बेहोस भएकी थिइन् ।
बेहोस भएकी उनलाई आफन्तले तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।