बुटवल कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ३२


काठमाडौं । यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको आज अपराह्न मृत्यु भएको छ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आज नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३।४५ बजे मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको जानकारी दिए।

उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ।

यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्