ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : १५


काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि महर्जन होम आइसोलेसनमा बसेका छन्।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गरिएको थियो। आज आएको नतिजामा कोरोना संक्रमण पोजेटिभ पाइएको हो।

महर्जन बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

कोरोनाको आशंकापछि परीक्षणगर्दा उनमा संक्रमण पाइएको हो। आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहनु महर्जनले आग्रह गरेका छन्।

यसअघि काठमाडौं उपत्यकाका मेयर विद्या सुन्दर शाक्यमा पनि संक्रमण पाइएको थियो। कोरोना मुक्त भएर उनी घर फर्किसकेका छन्।

संक्रमण पाइएपछि शाक्य पाँच तारे होटलमा आइसोलेसनमा बसेका थिए। उनको आलोचना भएको थियो।

तर, महर्जन भने ललितपुरको बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन्।


प्रतिक्रिया दिनुहोस्