आज ५२ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ५३


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) देशभरका ५२ जिल्लामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७ वटै प्रदेशका ५२ जिल्लामा गरी १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश नम्बर १ का खोटाङमा ३, झापामा १४, ताप्लेजुङमा १, तेह्रथुममा १, मोरङमा ६९ र सुनसरी जिल्लामा २८ जना संक्रमित थपिएका छन् ।

प्रदेश नम्बर २ का धनुषामा ११, पर्सामा १५, बारामा १०, महोत्तरीमा ५५, रौतहटमा १, सप्तरीमा ३, सर्लाहीमा ३९ र सिरहा जिल्लामा १३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशका काठमाडौंमा ५ सय ३, काभ्रेमा ७, चितवनमा ६७, दोलखामा १, धादिङमा ४, नुवाकोटमा ३, भक्तपुरमा ५१, मकवानपुरमा ९, रामेछापमा ४, ललितपुरमा ९१, सिन्धुपाल्चोकमा २ र सिन्धुली जिल्लामा २ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका कास्कीमा १९, गोरखामा १६, तनहुँमा १, नवलपरासी पूर्वमा २४, लमजुङमा ५, बागलुङमा ८ र स्याङ्जा जिल्लामा ४ जना संक्रमित थपिएका छन् ।

प्रदेश नम्बर ५ का अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ९, नवलपरासीमा २, पाल्पामा ६, प्युठानमा १३, बर्दियामा ६, बाँकेमा ३२ र रुपन्देही जिल्लामा ६१ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशका दैलेखमा १, सल्यानमा १४ र सुर्खेत जिल्लामा ९ जना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशका अछाममा २५, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा २, दार्चुलामा १ र बझाङ जिल्लामा २५ जना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार २ सय ६२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा १ हजार ३ सय १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

हाल देशभर १८ हजार २ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभरका गरी मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सय बढी सत्रिय संक्रमित छन् ।

यस्तै, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्लामा एक जना पनि सक्रिय संक्रमित नरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्