भेस्पा अप्रिलियाको दसैं तिहार योजना, स्कुटरमा ५० हजार सम्म छुट

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ३ : २९


काठमाडौं ।नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले बडा दसैं तथा तिहारलाई लक्षित गरि बडा दसैं तिहार योजना सार्बजनिक गरेको छ ।

भेस्पा अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको सो योजनामा भेस्पा र अप्रिलिया स्कुटर किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत ५ हजार देखि ५० हजार सम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक कर निःशुल्क प्राप्त गर्नेछन् ।

१५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँ बराबरको फ्रि पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।

 


प्रतिक्रिया दिनुहोस्