चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको कोरोनाबाट निधन

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


नयाँ दिल्ली । हिन्दी, तेलगु, मलयालम, तमिल सहित १६ बढी भाषामा ४० हजार भन्दा बढी गीतमा आवाज दिएका भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ।

लामो समयदेखि चेन्नई स्थित एक अस्पतालमा उपचाररत उनको कोरोना संक्रमणबाट निधन भएको भारतीय सञ्चार माध्यले जनाएका छन्।

७४ बर्षीय उनलाई अगस्ट ५ मा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालमा भेन्टिलेटरमा उनको उपचार हुँदै आएको थियो।

गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो। उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो।

उनको मृत्युमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्