भारत । पछिल्लो समय भारत र चीनबीच सीमा क्षेत्रलाई लिएर विवाद जारी रहँदा भारतले चीनलाई गोली चलाउने धम्की दिएको छ ।
सीमामा चिनियाँ सैनिक अघि बढेको खण्डमा भारतीय सेनाले गोली चलाउने स्पष्ट सन्देश दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय पत्रिका द हिन्दूमा प्रकाशित एक समाचारका सरकारी अधिकारीहरुलाई उल्लेख गर्दै जनाइएको छ, चिनियालाई स्पष्ट सन्देश दिइएको छ कि भारतीय सैनिकलाई शारीरिक रुपबाट पछि धकेल्दैमा का चल्ने छैन ।
सामाचारमा भारतीय सैंनिक अधिकारीलाई उल्लखे गर्दै चिनियाँ सैनिक अघि बढेको खण्डमा गोली चलाउन सकिने र त्यस्तो अधिकार भारतीय सैनिकलाई दिइएको उल्लेख गरिएको छ ।
भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’
पूर्वी लद्दाखको पैगोंग त्सोको उत्तरी र दक्षिणी क्षेत्रका कयौं स्थानमा हावामा गोलावारी भएपछि चीनलाई स्पष्ट सन्देश दिइएको भारतीय उच्च अधिकारीले बताएको समाचारमा उल्लखे गरिएको छ ।
यस हप्ताको शुरुआतमा कोर कमान्डर को छैठौ वार्ता मा, भारत र चीनले मोर्चामा धेरै सैनिकलाई नपठाउने सहमति गरेका थिए ।
तर भारतीय पक्षले भने चिनियाँ सैनिक पहिला अघि बढेका कारण उ पहिला पछि हट्नु पर्ने र त्यसपछि जमीनमा पहरा कम गर्न आफूहरु तयार हुने बताएको छ ।