ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ५६


काठमाडौँ । ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।

दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हो ।

मेघा अस्पतालमा भर्ना भएकी ललितपुरकी ७० वर्षीय महिलाा र ७३ वर्षीय पुरुषको बिहीबार उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यस्तै बयोधा अस्पतालमा ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरषको बुधबार मृत्यु भएको कार्यालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्