कोरोनाबाट बुटवलमा थप एक महिलाको मृत्यु

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ००


बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ।

कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको आज साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो।

आज बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङक्रमितको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्