पूर्व अस्ट्रेलियाली क्रिकेटर डीन जोन्सको निधन

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : ३४


काठमाडौं । पूर्व अस्ट्रेलियाली क्रिकेट खेलाडी डीन जोन्सको निधन भएको छ।

आईपीएलको लागि स्टार स्पोर्ट्सको कमेन्ट्री टीममा भाग लिएका उनको बिहीवार हृदयघातका कारण निधन भएको हो।

५९ वर्षीय जोन्स अहिले युएईमा जारी रहेको आइपिएलको उनी मुम्बईमा बसेर कमेन्ट्री गरिरहेका थिए।

होटलको कोठामा हृदयघात भएको मिडिया रिपोर्टमा बताइएको छ।

आइपिएलको प्रसारण संस्था स्टार इण्डियाले विज्ञप्ति जारी गर्दै जोन्सको हृदयघातबाट निधन भएको जानकारी दिएको छ ।

डीन जोन्स अष्ट्रेलियाका सर्वश्रेष्ठ ब्याट्सम्यान हुन्। उनले आफ्नो उत्कृष्ट करिअरमा ५२ टेस्ट र १६४ एकदिवसीय म्याच खेलेका छन्।


प्रतिक्रिया दिनुहोस्