काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : ४८


काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशलामा गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका गरी थप ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ९ जना छन् । यस्तै, ललितपुरका ९५ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभरका सबै जिल्लामा गरी पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसहित देशभर कूल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्