कोरोना परीक्षणको लागि डा.केसीको स्वाब संकलन

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : ००


काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत वरिष्ठ डा.गोविन्द केसीको कोरोना परीक्षणको लागी स्वाब संकलन गरिएको छ।

शिक्षण अस्पताल स्थित अनसनरत रहेकै ठाँउमा डा.केसीको स्वाब संकलन गरिएको हो।

डा.केसीको १९ औं अनसन बिहीबार ११ औं दिन पुगेको छ। अनसन बसेको लामो समय हुँदा पनि सरकारले कुनै पहल नगर्दा उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ।

अनसन बसेको ठाँउ जुम्लामा प्रहरी प्रशासनको धरपकड पछि डा.केसी काठमाडौं आउन बाध्य भएका थिए। राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएकोमा उनले कुनै पनि उपचार गर्न अस्वीकार गरे।

डा.केसीको पक्षमा विभिन्न ठाँउमा पद्रर्शन भइरहेका छन्। उनको जिवन रक्षा हुनुपर्ने आवाज उठ्दै आएको छ।

यसैबीच, केसी अनसन बसेको स्थान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर काँग्रेस नेता अजुननरसिंह केसीले भेटेका छन।

डा.केसीले आफूलाई जर्बजस्ती ट्रमा अस्पताल पुर्‍याइएको बताएका थिए। कांग्रेस नेता केसीले चिकित्सा क्षेत्र सुधारका लागि राखिएका मागप्रति दृढ समर्थन रहेको बताएका थिए।

यी हुन डा.केसीका १९ औं सत्याग्रहका माग


प्रतिक्रिया दिनुहोस्