काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनीहरु दुवैजनालाई ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। असोज १ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुका पुरुषको आज बिहीबार बिहान ७ बजे मृत्यु भएको हो। उनमा मधुमेह र मिर्गौलाको समस्या थियो।
नवलपरासी रामग्रामका पुरुष भदौ २७ गते अस्पतालमा भर्ना भएका थिए। उनमा कलेजोको समस्या थियो। उनको आज बिहीबार बिहान ४ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए।