जिल्ला अस्पताल बझाङमा कोरोना प्रयोगशाला सञ्चालनमा

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  २ : २९


बझाङ । जिल्ला अस्पताल बझाङमा कोरोना प्रयोगशाला सञ्चालनमा आएको छ ।

जिल्ला अस्पताल बझाङले एक प्रेस विज्ञप्तिमार्फत प्रयोगशाला सञ्चालनमा आएको जानकारी गराएको हो ।

एक महिना अगाडिदेखि जिल्लामा पिसीआर मेसिनका लागि पहल भएको थियो ।

सबै उपकरण आएपछि जिल्ला अस्पतालको नयाँ भवनमा प्रयोगशालामा स्थापना गरिएको जिल्ला अस्पतालका डा.सन्दिप ओखेडाले बताए ।

मेसिन आएपछि डडेल्धुरा अस्पतालको प्रयोगशामा प्रमाणिकरणका लागि नमुना परिक्षण गर्दा पाँच वटा पोजेटिभ र पाँच वटा नेगेटिभ नतिजा आएको छ ।

नतिजा समान आएसँगै जिल्ला अस्पताल बझाङको कारोना प्रयोगशालाले पनि मान्यता पाएको बताइएको छ ।

प्रदेश प्रयोगशालाबाट दक्ष जनशक्ति ल्याएर अस्पतालले प्रयोगशाला सञ्चालनका लागि तालीम समेत गराइएको थियो ।

प्रमुख डा.सन्दिप ओखेडाले ढिलै भए पनि कोरोना परिक्षण प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

अस्पताल स्रोतका अनुसार अब बझाङमा परिक्षणको दायरा बढाइने छ भने नतिजा आउन धेरै समय लाग्ने छैन् ।

मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडौँसँग एक करोड २५ लाख ४२ हजार एक सय भ्याटसहित सम्झौता भएको थियो ।
प्रयोगशालमा अब दैनिक २०० नमुना जाँच गर्न सक्ने क्षमता भएको छ ।


प्रतिक्रिया दिनुहोस्