काठमाडौंको स्वयम्भू क्षेत्रमा बढी संक्रमित, कुन वडामा कति? (सूची)

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  २ : १२


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण फैलने जोखिम बढेको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार यदि सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सरकारलाई सिफारिस गरिसकेको छ।

देशभरका अस्पतालमा अहिले कोरोना संक्रमित थपिररहेका छन्। सबैभन्दा धेरै संक्रमित अहिले काठमाडौं उपत्यकामा छन्।

देशकै राजधानी र धेरै जनघनत्व रहेको क्षेत्र भएकाले यो क्षेत्रमा संक्रमण समुदायस्तरमै फैलने जोखिम उच्च छ।

उपत्यकाका ३ जिल्ला मध्ये अहिले काठमाडौंमा बढी संक्रमित भेटिएका छन्। काठमाडौं महानगरपालिकाको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ (स्वयम्भू क्षेत्रमा) ६८४ जना रहेका छन् भने सबैभन्दा कम २ नम्बर वडामा ५१ जना रहेका छन्।

त्यस्तै ३६५ जना संक्रमितको वडा नखुलेको महानगरले जनाएको छ।

काठमाडौं महानगरभित्र कोरोनाबाट संक्रमित हुनेको संख्या ७ हजार ३ सय नाघेको छ।

महानगरमा अहिलेसम्म कोरोनाबाट ६१ जनाको ज्यान गइसकेको छ।

 


प्रतिक्रिया दिनुहोस्