कोरोना संक्रमणबाट सप्तरीका सीडीओका लागि खाना पकाउने कर्मचारीको मृत्यु

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १२ : ०३


जनकपुरधाम । सप्तरी जिल्लामा कोरोना संक्रमणबाट सरकारी कर्मचारी (कार्यालय सहयोगी)को मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार ५५ वर्षीय कार्यालय सहयोगीको बिहीबार बिहान मृत्यु भएको हो ।

उनमा गत भदौ ३१ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगीका रुपमा कार्यरत उनी प्रमुख जिल्ला अधिकारी (सीडीओ)को भान्से थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा नै बसेका थिए । स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार शुरुवाती दिनमा हल्का ज्वरो आएपनि पछिल्लो ४ दिनदेखि उनको स्वास्थ्य अवस्था सामान्य नै थियो ।

तर, बिहीबार बिहानै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले बताए ।


प्रतिक्रिया दिनुहोस्