ललितपुरको भट्टेडाँडामा २ टिप्पर र १ मोटरसाइकल पहिरोमा पुरिए, ५ जना घाइते

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ११ : २१


काठमाडौं । कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा पहिरो खस्दा २ वटा टिप्पर र एउटा मोटरसाइकल पुरिएका छन् ।

ललितपुरको बाग्मती गाउँपालिकाअन्तर्गत पर्ने लोकपथको भट्टेडाँडा खण्डमा पहिरो जाँदा २ टिप्पर र एउटा मोटरसाइकल पुरिएको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

पहिरोमा पुरिँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्थामा गम्भीर रहेको एसएसपी राईले जानकारी दिए ।

घाइतेको उद्धारका लागि स्थानीय प्रशासनले हेलिकोप्टर पठाउने तयारी गरेपनि प्रतिकूल मौसमका कारण उद्धार उडान हुन सकेको छैन ।

अहिले घटनास्थलमा १५ जना प्रहरीको टोली पुगेको जनाइएको छ । तर, घाइतेहरुलाई बोकेर अस्पताल ल्याउने अवस्था नरहेको जनाइएको छ ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्