आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १० : ५०


काठमाडौं । आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ ।

हिंजाे ९४ हजार ३ सय रुपैयाँ रहेकाे छापावाला सुनको भाउ आज  प्रतिताेला तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन पनि घटेर आज प्रति तोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ७० रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँ कारोबार भैरहेको छ । हिंजाे चाँदी तोलाकाे ११ सय ९० रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्