दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : २३


काठमाडौं । सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ड्रग्सको केस जोडिएपछि अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ ।

एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको हो ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)का अनुसार एनसिबीका वरिष्ठ अधिकारीले अभिनेत्री दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ ।

त्यसैगरी अभिनेत्री रकुल प्रीत, सुशान्तकी म्यानेजर रहिसकेकी श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटालाई बिहीबार पेस हुन आदेश दिइएको छ भने साला अलि खान र श्रद्धा कपुरलाई शनिबार बोलाइएको छ ।

एनसिबीका वरिष्ठ अधिकारीले यस प्रकरणमा ट्यालेन्ट म्यानेजर जय साहले केही महत्वपूर्ण सूचना दिएको बताएका छन्।यसअघि दीपका पादुकोणकी व्यवस्थापक करिश्मा प्रकाशलाई पनि जाँचका लागि बोलाइएको थियो । तर प्रकाशले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएकाले यसका लागि केही समय मागेकी छन्।


प्रतिक्रिया दिनुहोस्