आज देशभर वर्षा हुने, सचेत रहन महाशाखाको अनुरोध

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : ०१


काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

साथै यो न्युन चापिय क्षेत्र पश्चिम–उत्तर–पश्चिम सर्दैछ । अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १(२ स्थानहरुमा धेरै भारी वर्षाको स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्