नारायणी र तिनाउ नदीमा बाढीकाे खतरा, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ६ : ५०


काठमाडौं । नारायणी, तिनाउलगायतका नदीमा जल–सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

रुपन्देहीको तिनाउ नदीमा बाढी आएर जलसतहले खतरा तह पार गरेको हो ।

तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै नारायणी नदीमा बाढी आएको छ ।

देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको साथै बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्