पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारमा पहिरो खसेको छ।
आज साँझ ६ः३० वजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो रातिनै पन्छाउने प्रयास गरिनेछ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याईएको छ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
साँझ सातबजे बाट दुबै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिए।
दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ। रासस