देशभर आगामी तीन दिनसम्म मौसम बदली

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : १५


काठमाडौं । आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

महाशाखाले एक सूचना मार्फत मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जनाएको छ।

महाशाखाले सूचनामा नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको जनाएको छ।

महाशाखाले भनेको छ, ‘आजसम्मको विश्लेषण अनुसार हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम-उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामी तीन दिन अर्था सेप्टेम्बर २५ सम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन,चट्टयाङ्ग, हावाहुरीसहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ।’

 


प्रतिक्रिया दिनुहोस्