भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु, २ घाइते

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : १०


भक्तपुर । अरनिको राजमार्गखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–५ घताले चोकमा दुई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन्।

घलातेमा बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते रामेछाप घर भएका २० वर्षीय अनिश श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको माटरसाइकलको उद्धार गर्न गएको भे ६प. ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते इलाम घर भएका २१ वर्षीय उज्ज्वल राई र २३ वर्षीय सुजल गहतराजको भक्तपुरको सल्लाघारीस्थित डा इबामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्