काठमाडौँ उपत्यकामा आज थप ६ सय ३७ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ३९


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा थप १ हजार १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।


प्रतिक्रिया दिनुहोस्