कोरोना उपचारको लागि प्रयोग भइरहेको औषधिको नेपालमै उत्पादन सुरु

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : २०


काठमाडौं । विश्वका धेरै देशमा कोरोना उपचारमा प्रयोग भैरहेको औषधिको नेपालमा पनि उत्पादन सुरु भएको छ ।

नेपाली औषधि कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले विश्वभर कोरोना उपचारमा प्रयोग भइरहेको फाविपिराविर-२०० नामक औषधिको उत्पादन सुरु गरेको हो।

यो औषधि नेपालमै पहिलो पटक उत्पादन शुरु गरी उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ।

फाविपिराविर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागी बिरामीलाई अत्याबश्यक भए प्रयोग गर्न अनुमती प्रदान गरीसकेका छन्। नेपालीको उपचारमा पनि सहयोग हुने हुनाले उत्पादन गरिएको छ’ कम्पनीले प्रेस विज्ञप्ती जारी भनेको छ।

विज्ञप्तिमा भनिएको छ ‘कम्पनीेले आफ्नो दायित्व बोधगरि कोभिड–१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक यो औषधि उत्पादन सुरु गरिसकेको छ।’

कोभिड–१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट मितिः २०७७र०६र०६ मा स्विकृति प्राप्त कम्पनीले जानाकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्