काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकलाई पाखे भनेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।
प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले घिसिङका समर्थकलाई पाखे भनेर अपमान गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको आरोप छ ।
१८ घन्टा लामो लोडसेडिङ अन्त्यका लागि कुलमानले महत्वपूर्ण भूमिका खेलको भन्दै सामाजिक सञ्जालमा वाह वाह कुलमान भन्नेहरु पनि छन् नि भनेर पत्रकार धमलाले गरेको प्रश्नको जवाफमा थापाले घिसिङको समर्थन गर्नेहरु एक पाखे भएको जवाफ दिएका थिए ।
धमलाले सल्लाहकार थापासँग कुलमानका विषयमा गरेको कुराकानी यस्तो थियो
कुलमानलाई नियुक्त गर्नुप¥यो भन्दै जुलुस भएका छन्…
बाहिर बहस, जुलुस अपमान निन्दा के के भएका छन् भन्ने तिर म जान चाहन्न । म यति मात्र भन्न चाहन्छु कि कुलमानजी को विषय व्यक्तिगत रुपमा त्यति विचारधीन छैन ।
उहाँ चार वर्षका लागि आउनु भएको हो । उहाँलाई सरकारले नियुक्त गरेको हो। कार्यसम्पादन सम्झौता अनुसार उहाँले काम गर्नुभयो । त्यो कुलमान जीको कार्ययोजना होइन । सरकारले उहाँसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार उहाँले काम गर्नुभयो ।
लोडसेडिङ अन्त्य गर्नुपर्छ भनेर अघिल्लो कार्यकाल नै प्रधानमन्त्रीले आठोट लिनु भएको थियो ।
एकचोटी लोडसेडिङ अन्त्यका लागि छलफल गर्दा १० वर्ष सम्भव छैन भनेर भन्ने प्राधिकरणका अधिकारीहरु त्यहाँ थिए ।
कुलमान नि थिए ?
व्यक्तिको कुरा होइन । त्यो स्थिति थियो । पछि लोडसेडिङ गर्ने संकल्प सरकारले ग¥यो । उर्जा मन्त्रालयले ग¥यो । त्यसबीचमा विद्युत प्राधिकरणमा सीइओ खाली भयो । अनी उर्जा मन्त्रालयले त्यसको गृहकार्य गरेर तीन जना व्यक्ति सिफारिस भए । त्यसमध्ये सरकारले कार्यसम्पादन सम्झौता गरेर कुलमानजी नियुक्त हुनुभयो । उहाँले चार वर्ष राम्रोसँग काम गर्नुभयो । केही व्यवस्थापकीय सुधार गर्नुभयो । केही चुहावट नियन्त्रण गर्नुभयो । उहाँको कार्यकालमा लोडसेडि अन्त्यको घोषणा भयो ।
श्रेय कसलाई दिनेत त्यसो भए, कुलमानलाई कि सरकारलाई ?
कुलमान जीको स्टेटमेन्ट पढ्नुभयो भने प्रधानमन्त्रीको मार्गनिर्देशन उर्जा मन्त्रीको निर्देशन र सरकारको योजनामा मैले गरेको हो भनेपछि तपाईहरु आफै मूल्यांकन गर्नुहोस् ।
कुलमानजीले कार्यसम्पादन नगरेको भए, त्यो दृढता व्यक्त नगरेको भए सिंगो कार्ययोजना त्यस अनुरुप नगएको भए हाम्रो विद्युत सर्टेज भएको बेलामा विद्युत खरिद गर्ने गरि दुई देशिय व्यापारमा कति आयात गरेका छौं कति थपिएको छ, सिष्टममा सुधार गरे कति भएको भन्ने सबै कुराको सामूहिक योगबाट १८ घन्टा लामो लोडसेडि अन्त्य भएको हो। त्यसो भएर उहाँलाई पनि धन्यवाद दिएका छौं । सरकारले धन्यवाद दिएको छ ।
जनताले फेरि कुलमान चाहियो भनेका छन् ? सम्भव छ कि छैन ?
जनताले भोट हालेर, जनताले जुलिस निकालेर हुने कुरा होइन ।
उहाँको सन्दर्भमा कसैले डुबाइरहेका छन् भने त्यही जुलुस निकाल्नेले, सामाजिक सञ्जालमा मनपरी लेख्नेले कुलमानलाई त्यस ढंगले प्रस्तुत गर्नेले, सरकारलाई प्रधानमन्त्री, उर्जामन्त्रीलाई सरकारको संकल्पलाई देख्न नचाहले डुबाइरहेका छन् ।
उहाँले के भन्नु भयो ? विदाइको बेलामा के भन्नु भयो, अस्ति भरखर सामाजिक सञ्जालमा के भन्नु भयो? भन्ने हेर्नुन । उहाँ आफैले यो बढ्ता मानिसहरुले विषय उछालेर जुलुस निकालेर गरिरहेका छन् यो नगर्न भन्नु भयो ।
कुलमानलाई भगवान भन्न थाले मानिसले…
उहाँ भगवान होइन नि त । उहाँ मानिस हो । तपाई, म प्रधानमन्त्री, कुलमान सबै मानिस हो । जनताले सडमा उत्रिएर भगवान भने भने त्यसलाई मान्ने त ?
लोडसेडिङ अन्त्य गरेको वाह वाह कुलमान घिसिङ भन्नेहरु पनि छन् नि त?
त्यसो भन्ने एक पाखे हुन् । उहाँहरुको विचार सन्तुलित होइन । कुलमानजीको पालमा उहाँले अतिरिक्त काम गर्नुभयो, कुशल व्यवस्थापन गर्नुभयो, चुहावट नियन्त्रण गर्नुभयो, काम नगर्नेलाई काम गर्न प्रेरित गर्नुभयो । तर प्राधिकरणको मात्रै प्रयासले गर्दा यो भएको हो त ? सरकारको के योगदान, कति योगदान र बजेट दिएको, उर्जा मन्त्रालयका कति कार्ययोजना थियो, प्रमले कति अठोट गर्नु भएको हो भन्ने कुराको मूल्यांकन गर्नुपर्दैन ?
कुलमान नभएको भए लोडसेडिङ अन्त्य हुन्थेन भन्ने छन् । उहाँलाई फेरि नल्याए सरकार ढल्छ भन्नेहरु छन् ?
कसले ढाल्ने ?
सडकबाट ढाल्ने …
मैले त सुनेको छैन तपाईले सुन्नु भएको छ ?
नारा लागेको छ नि
मैले त्यो नारा सुनेको छैन । कुलमानजीलाई हामी कसैले पनि उहाँको केही योगदान छैन भनेका छैनौं र उहाँले मात्र गरेको हो पनि भनेका छैनौं ।
हामी सन्तुलित विश्लेषण मूल्यांकन र सन्तुलित हिसाबले धारणा बनाउनुपर्छ भन्ने मा जोड दिएको हो ।
उर्जा मन्त्रालयले प्रस्ताव पठाएको छ रे कुलमानलाई नियुक्ति गर्न ?
मलाई थाहा छैन ।
मन्त्री वर्षमान पुन आफैले भन्नु भएको छ मैले लिएर गएको प्रधानमन्त्रीले मान्नु भएन भनेर ?
उहाँले भन्नु भएको छैन आफैं ।
कुलमानको पुनर्नियुक्ति कहिले हुन्छ ?
पुनर्नियुक्ति त भएन । अब हुँदैन । हुँदा खेरि फेरि नयाँ नियुक्ति हो । पहिलो पटक जुन प्रकृया, प्रोसेसमा भयो त्यही अनुरुप हुन्छ । विद्युतप्राधिकरणको मोडल अनुसार हुन्छ । पार्टी नेतृत्वबीच छलफल होला । प्रधानमन्त्रीले समग्र मूल्यांकन गर्नुहोला, उर्जा मन्त्रालयले पनि गर्ला ।
भएको कामका लागि कुलमानलाई सरकारले धन्यवाद दिएको छ । गरेको कामलाई कसले होइन भनेको छ र ?
चार वर्षका लागि ल्याउने कि नल्याउने त ?
यो दुई वर्ष, तीन वर्ष, चारवर्ष जीवनभरको कुरा होइन । सरकारले आवश्यक ठान्यो भने ल्याउन सक्छ । उहाँ भन्दा अझ योग्य मानिसको खोजि गर्नुपर्ने आवश्यकता मन्त्रालयले महशुस गर्यो भने त्यो पनि हुनसक्छ । म सँग प्वाख भएको भए आकाशमा उड्थे, यसो भएको भए यसो हन्थ्यो भन्ने कुराको सम्भावनाको कुरा गर्दिन ।
डा युवराज खतिवडालाई फेरि प्रधानमन्त्रीले सल्लाहकार बनाएर ल्याउन मिल्ने कुलमानलाई किन ल्याउन नमिल्ने भने चर्चा छ नि ?
यो कसरी तुलना गर्न मिल्यो त ? खतिवडा विशेष सल्लाहकार नियुक्त हुनुभयो । प्रधानमन्त्रीले आफूलाई चाहिएको उपयुक्त लागेको व्यक्तिलाई ल्याउनु भयो ।
विचौलियालाई माफियालाई नियुक्त गर्ने कुलमानलाई नगर्ने भन्ने आवाज पनि उठिरहेको छ ?
कसलाई नियुक्त गरियो ? माफियाहरुले माफिया नियुक्त भयो भन्दै हुइया मच्चाइरहेको पाउँछु । विचौलीयाले सबैभन्दा बढी कुरा गरेको सुन्छु, दलाले दलालको पैरवि गरिरहेको सुन्छु । युवराज खतिवडा ३० वर्ष बढी राष्ट्र बैकको अधिकारीको जिम्मेवारी देखि योजना आयोग, गभर्नर, अर्थमन्त्रीको जिम्मेवारीमा भएको व्यक्ति हो ।
यो व्यक्तित्वलाई प्राविधिक रुपमा दुई वर्षको चिट्ठा परो । त्यसपछि संविधान बमोजिम ६ महिना प्रधामन्त्रीले मन्त्री नियुक्त गर्नुभयो । प्रधानमन्त्रीले उहाँको विशेषज्ञता सल्लाह मलाई जरुरी छ पाँच वर्ष सरकार चलाउन उहाँको विशेषता चाहिन्छ भन्नु भयो सल्लाहकार राख्नु भयो ।
यो पनि पढ्नुहोस्