कुलमानका समर्थकलाई ‘पाखे’ भनेको होइन्, ‘एकपाखे’ भनेको हुँ : सूर्य थापा

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : ५१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले कुलमान घिसिङको समर्थकलाई ‘पाखे’ नभनेको स्पष्ट पारेका छन्।

हाल सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल भइरहेको छ। जसमा थापाले कुलमानका समर्थकलाई ‘पाखे’ भनेको जस्तै सुन्न सकिन्छ।

उक्त भिडियो क्लिपलाई लिएर आलोचना भइरहेका बेला थापाले ट्विट मार्फत आफूले उक्त शब्द प्रयोग नगरेको स्पष्ट पारेका छन्।

उक्त भिडियो क्लिप भाइरल भएपछि थापाले सामाजिक सञ्जालमार्फत आफूले त्यस्तो नभनेको तर, आफ्नो भनाईलाई इडिट गरिएको आरोप लगाएका छन्।

यो पनि पढ्नुस्

प्रधानमन्त्रीका सल्लाहकारले भने- कुलमानको पुनर्नियुक्ति सम्भव छैन (अन्तर्वार्तासहित)


प्रतिक्रिया दिनुहोस्