नेपाल एयरलाइन्सको आन्तरिक हवाई सेवा सुरु, ९ उडान कहाँ-कहाँ?

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : १०


काठमाडौं । सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले आन्तरिक उडान सुरु गरेको छ।

नेपाल वायुसेवा निगमले बुधबार उडान तालिका सार्वजनिक गर्दै उडान सुरु हुने जानकारी गराएको हो।

उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ।

हाललाई ९ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको एयरलाइन्सले जनाएको छ। अब काठमाडौंबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म उडान हुने छ।

उडान र चापको अवस्थालाई ध्यानमा राखेर बार र तालिका सार्वजनिक गरिएको छ।


प्रतिक्रिया दिनुहोस्